गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मागे विश्वासकाे मत
काठमाडाैं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशमा स्थायित्वको लागि विश्वासको मत दिन आग्रह गरेका छन्। मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका हुन्। अहिले उक्त प्रस्तावमाथि छलफल शुरु भएको छ।
‘आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै अगाडि बढ्नका यहाँ छौं। संघीयतालाई मजबुत र राजनीतिक स्थिरता हुन्छ भन्ने सन्देश दिन र जनताले दिएको मतादेश पाँच वर्षको लागि हो र बीचमा जनताबीच जानु कुनै पनि रुपमा उपयुक्त नहुने भएकोले विश्वासको मत दिएर समर्थन गर्न अनुरोध गर्दछु,’ मुख्यमन्त्री पाेखरेल नेपालीले भने।
निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि प्रतिपक्ष दलको गठबन्धनका तर्फबाट पोखरेल जेठ २९ गते मुख्यमन्त्री बनेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment