बहराइनमा रहेका नेपालीलाई खोप लगाउन आह्वान

डिसी नेपाल
४ असार २०७८ १५:३९

काठमाडौं । बहराइनस्थित नेपाली दूतावासले नेपाली कामदारलाई कोभिडविरुद्धको खोप लगाउन आह्वान गरेको छ । दूतावासले विज्ञप्तिमार्फत खोप लगाउन बाँकी रहेका नेपालीलाई खोप लगाउन आह्वान गरेको हो ।

दूतावासका अनुसार त्यहाँ खोपकेन्द्र तीन स्थानमा राखिएको छ । त्यस्तै, खोप कार्यक्रममा सहभागिताका लागि दूतावासको वेभसाइटमा गएर फारम भर्न सकिन्छ ।

बहराइनमा अन्य देशका नागरिकलाई त्यहाँका नागरिक सरह खोप लगाउने वातावरण मिलाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *