कमला नदीको टापुमा फसेका तीनको उद्धार
धनुषा। कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारीलाई नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन्।
उद्धार गरिएका तीनै जना नदीको बीच भागको बीच टापुमा फसेका थिए। उनीहरुलाई मध्याह्न १२ बजे श्रीनाथ गण महेन्द्रनगर, दंगा नियन्त्रण प्रहरी गण ढल्केवर, इलाका प्रहरी कार्यालय ढल्केवर र सशस्त्र प्रहरी बेस क्याम्प रघुनाथपुरबाट खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको इप्रका ढल्केवर प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।
नदीमा फसेका तीनै जना बुधबार साँझ ८ बजे किनारमा लगाइएको परवल खेत रुग्न गएका थिए। बुधबार राति नदीमा आएको बाढीले खेतको दुवैपट््िटको जमीन कटान गरेर खोला बग्न थालेपछि तीनै जना नदीमा फसेका थिए। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment