जोरविजोर हटेपछि काठमाडौंको दृष्य (फाेटाेफिचर)

कमल साउद
२२ असार २०७८ १२:१६

काठमाडौं । उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ। आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न अनुमति दिइएको छ ।

यो अनुमति दिएसँगै निजी तथा सार्वजनिक यातायात सडकमा निस्केका छन् । यसअघि जोरविजोर प्रणलीमा २५ सिट क्षमता भन्दा माथिका गाडि गुडाउन मात्रै अनुमति दिएको थियो । मंगलबारबाट भने सो भन्दा कम सिट क्षमताका सार्वजनिक यातायात पनि गुड्न थालेका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जाको प्रयोग गर्न भनिएको छ । सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई निसङ्क्रमित गर्नुपर्ने छ भने मास्क नलगाएका यात्रुलाई चढाउन पाइने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *