सिंहदरबारमा बामदेव, भीम रावल र विष्णु पौडेलबीच छलफल
काठमाडौं। नेताहरुले एमाले विवाद समाधनउन्मुख भएको दाबी गरिरहेका बेला उपाध्यक्षद्वय वामदेव गौतम, भीम रावल र उपमहासचिव विष्णु पौडेलबीच छलफल भएको छ। बिहीबार विहान अर्थ मन्त्रालयमा तीन जना नेताबीच छलफल भएको हो। जारी छलफल पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ।
बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको छलफल सकारात्मक भएपछि तीन नेताबीच छलफल भएको हो।
होटल मेरियटमा भएको छलफलमा दुई नेताबीच मन माझामाझ भएपछि एमाले अब एकजुट हुने संकेत देखिएको हो।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विचार र सिद्धान्तमा मतभेद नभए पनि उनीहरू दुईमा देखिएको व्यक्तिगत टकरावका कारण पार्टी फुटको सँघारमा पुगेको थियो।
तर दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरू सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दबाब दिएपछि ओली र नेपाल पार्टीको विवाद समाधान गर्न तत्पर देखिएका हुन्। कार्यदलका सदस्यसँग दुवैको सामूहिक भेटघाट र छलफल भएपछि ओली नेपाल ‘वान टु वान’ वार्तामा बसेका थिए।
वार्ताबाट सहमति गरी पार्टी एकजुट भएको सन्देश दिने गरी वक्तव्य निकाल्ने प्रयास भए पनि त्यसलाई बिहीबार अन्तिम रूप दिने सहमति भएको जनाइएको छ। ओली र नेपालबीच विभिन्न विषयमा छलफल भए पनि बुधबार नै सहमति भने जुट्न सकेन। यद्यपि, विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन दुवै नेताहरू लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ।
अहिले तीन जना नेताबीच अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले पार्टी एक रहेको सन्देश दिने गरी वक्तव्य जारी गर्ने विषयमा छलmल भरहेको बताइएको छ। आजै ११ बजे विवाद समाधानका लागि गठित कार्यदलको बैठक पनि बस्दैछ।







डिसी नेपाल








Facebook Comment