फेसबुकको परिचयले कम्बोडिया पुगिन्, त्यहिँ बेचिइन्

डिसी नेपाल
२४ असार २०७८ १६:४४
656
Shares

काठमाडौं। फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्याएर बिक्री गरेको पाइएको छ। त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा एक महिलालाई बेचिएको प्रहरीले खुलासा गरेको छ।

उनले पीडितलाई रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पुर्याएका थिए। त्यसपछि पैदलै म्यान्मारको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुर्याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्यूरोले जनाएको छ।

उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितको जाहेरीका आधारमा ब्यूरोले फरार रहेका उनलाई पक्राउ गरेको छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *