एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु
काठमाडौं। पार्टी विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदबारमा सुरु भएको छ। बैठक पार्टी एकताको विषय केन्द्रित रहेको छ। बिहीबार दुई पटकसम्म बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज बस्ने गरी टुंगिएको थियो।
नेताहरुले बैठक सकारात्मक भएको बताएपनि कार्यदलका सदस्य घनश्याम भुसालले भने विगत दश दिनदेखि विवादित विषयमा खासै प्रगती नभएको बताएका थिए।
भुसाल एमाले नेता माधवकुमार नेपालको पक्षबाट कार्यदल बैठकमा सहभागी हुँदै आएका छन्। तर नेता नेपाल समूहकै अर्का नेता गोकर्ण विष्टले कार्यदलको बैठक दिनहुँजसो प्रगति भएको बताउँदै आएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment