भारतको शिमलामा ११ वर्षकी नेपाली बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति पक्राउ

डिसी नेपाल
२६ असार २०७८ ९:३७

काठमाडौं। भारतको शिमलामा ११ वर्षकी नेपाली बालिका बलात्कृत भएकी छिन् । बलात्कारको अभियोगमा ५९ वर्षका व्यक्ति पक्राउ परेका छन् । पुलिस स्रोतलाई उद्धृत गर्दै दैनिक ट्रिब्युनले जनाएअनुसार आरोपीलाई शिमलाको जाठिया देवी क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको हो ।

जानकारी अनुसार पीडित बालिकाका मातापिता घरमा नभएका बेला बलात्कार गरिएको हो । आरोपी नेपाली परिवार भाडामा कोठा लिएर बस्ने घरका घरबेटी रहेको बताइएको छ । उनले बालिकालाई बलात्कारबारे कसैलाई बताए मारिदिने धम्की दिएका थिए ।

पछि बालिकाले आफ्नी आमालाई घटनाबारे बताएकी थिइन् । बालिकाकी आमाकै उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको हो । शिमला पुलिसले आरोपीलाई दफा ३७६ (बलात्कार), दफा ५०६ (आपराधिक धम्की) र यौनजन्य हिंसाविरुद्ध बालबालिका संरक्षण ऐन अन्तर्गत मुद्दा चलाएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *