प्रधानमन्त्री ओली बाढीग्रस्त सिन्धुपाल्चाेककाे हेलम्बुमा

डिसी नेपाल
२६ असार २०७८ ११:१३
76
Shares

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षणका लागि सिन्धुपाल्चाेक प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली  प्रधानमन्त्री निवास बालुवाटारबाट १२ सदस्य टोलीकाे नेतृत्व गर्दै नेपाली सेनाको NA- 053 हेलिकप्टरबाट हेलम्बु प्रस्थान गरेका हुन्।

बाढीबाट क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पु-याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन्।

प्रधानमन्त्रीसँग बाढीपहिरो पीडित, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकतासँग अन्तक्रिया कार्यक्रमसमेत तय गरिएको छ। प्रधानमन्त्रीले सोही अवसरमा राहत र पुनर्निर्माण प्याकेजको घोषणा गर्ने कार्यक्रम तय भएको छ।

त्यसैगरी सो अवसरमा जिल्ला विपत् व्यवस्थापन समितिले बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउने छन् । यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका विभिन्न ठाउँमा क्षति पु-याएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.