प्रधानमन्त्री ओली बाढीग्रस्त सिन्धुपाल्चाेककाे हेलम्बुमा
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षणका लागि सिन्धुपाल्चाेक प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली प्रधानमन्त्री निवास बालुवाटारबाट १२ सदस्य टोलीकाे नेतृत्व गर्दै नेपाली सेनाको NA- 053 हेलिकप्टरबाट हेलम्बु प्रस्थान गरेका हुन्।
बाढीबाट क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पु-याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन्।
प्रधानमन्त्रीसँग बाढीपहिरो पीडित, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकतासँग अन्तक्रिया कार्यक्रमसमेत तय गरिएको छ। प्रधानमन्त्रीले सोही अवसरमा राहत र पुनर्निर्माण प्याकेजको घोषणा गर्ने कार्यक्रम तय भएको छ।
त्यसैगरी सो अवसरमा जिल्ला विपत् व्यवस्थापन समितिले बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउने छन् । यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका विभिन्न ठाउँमा क्षति पु-याएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment