समृद्ध प्रदेश सबैको साझा लक्ष्यः पूर्वमुख्यमन्त्री गुरुङ

डिसी नेपाल
२६ असार २०७८ २३:१९
28
Shares

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले समृद्ध प्रदेश सबैको साझा लक्ष्य भएको बताएका छन् ।

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमाले सत्तापक्ष वा प्रतिपक्ष जुनसूकै अवस्थामा रहेपनि समृद्ध प्रदेशको अभियानमा प्रतिवद्ध रहेको बताए ।

वर्तमान सरकारको गुण र दोषको आधारमा आफूहरुको भूमिका रहने स्पष्ट पार्दै पूर्वमुख्यमन्त्री गुरुङले सरकारका प्रत्येक काम कारवाही सुशासनतर्फ केन्द्रीत हुनुपर्ने तथा नीति र योजनाको कार्यान्वयनमा पारदर्शी एवम् इमान्दरीता हुनुपर्नेमा जोड दिए । प्रदेश सरकारले रकमान्तर गरि रु १६ करोड विभिन्न योजनाका नाममा कार्यकर्तालाई वितरण गर्न लागेको आरोप लगाउँदै उनले यो सरकारको आर्थिक अनियमितताको सङ्केत भएको बताए ।

नेकपा एमाले गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका पूर्वमुख्यमन्त्री गुरुङले रातो किताबमा नै नभएका विभिन्न योजना दश दिनमा सक्ने भन्दै वर्तमान सरकारले रकमान्तर गरेको आरोप लगाए । जन अपेक्षा अनुरुप समृद्ध प्रदेश निर्माणका लागि आफू सरकारको नेतृत्वमा हुँदा विभिन्न दीर्घकालीन योजनाहरु शुरु गरिएको बताउँदै यस्ता वहुवर्षीय योजनाहरुले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) का नेता एवम् पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रामशरण वस्नेतले यसअघिको सरकारले दिगो विकास लक्ष्य प्राप्तिका आधारमा रु एक अर्ब १० करोड बराबरका विभिन्न १० वटा दीर्घकालीन र मध्यकालीन विकास निर्माणका योजना अघि बढाएको जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.