अमेरिकामा लुकेको छ उल्कापिण्ड ठोक्किएर बनेको ‘महालहर’, यसमा डायनोसरको अन्त्य भयो
काठमाडौं। जब तपाई पानीमा ढुङ्गा हान्नुहुन्छ भने पालीमा एउटा लहर उठ्छ । यस्तै गरी करोडौं वर्ष पहिले पृथ्वीमा एक उल्कपिण्ड ठोक्किँदा निकै भयानक लहर उठेको थियो । यो जमिनको लहर थियो । यो ठक्करका कारण पृथ्वीमा डायनोसर समाप्त भएका थिए । वैज्ञानिकहरुले यो लहरको खोजी गरेका छन् । यो प्राचीन लहर अमेरिकामा जमिनको गहिराइमा लुकेर रहेको छ । वैज्ञानिकहरुले यसलाई महालहर अर्थात मेगारिपल्स भनेका छन् ।
अमेरिकाको लुसियाना प्रान्तको जमिनमुति करिब ५ तले भवन आकारको यो लहर आज पनि अस्तित्वका छ । यो नयाँ खोजका अनुसार जब एस्टोरोएडको आक्रमणमा डायनोसरको अन्त्य भयो त्यतिबेला यो महालहर बनेको थियो । वैज्ञानिकहरुले यो भौगोलिक स्थितिको अध्ययन गर्दा यो लहरको उचाइ करिब ५२ फिट भएको खुलासा भएको छ । उत्तर–मध्य लुसियानामा रहेको लट्ट ताल क्षेत्रमा जमिनको ५ हजार फिट मुनि यो लहर भेटिएको छ । जाँचमा यो लहर करिब ६ करोड ६० लाख वर्ष पुरानो भएको पाइएको छ ।
त्यो समयलाई वैज्ञानिकहरु क्रेटासियस समय भन्छन् । जब एस्टोरोयड यो ठाउँमा ठोक्किएको थियो त्यतिबेला यो राज्यको ठूलो भाग समुद्रभित्र थियो । एस्टोरोयडको ठक्करबाट पूरै पृथ्वीमा पानीको लहर दौडिएको थियो । त्यतिबेला पृथ्वीसँग चिक्सुलुब एस्टोरोइड ठोक्किएको थियो जुन पृथ्वीमा युकाटन प्रायद्विपमा ठोक्किएको थियो । यो ठक्करमा पानी, जमिन मात्र नभइ पानीमुनि चट्टानका पनि लहर बनेका थिए ।
युनिभर्सिटी अफ लुसियानामा स्कुल अफ जियोसाइन्सेजका प्रोफेसर तथा यो अध्ययनका अध्येता गेरी किन्सल्याण्डका अनुसार यो महालहरको आकार हेरेरै युकाटनमा चिक्सुलुब एस्टोरोएडले कति ठूलो विनाश गरेको थियो भन्ने अनुमान गर्न सकिन्छ । लहर बन्ने र बिग्रिने क्रम क्रेटासियस समयमै सकियो र पछि यहाँ माथि देश बन्यो । यो अध्ययन त्यतिबेला सुरु गरिएको थियो जब एनर्जी कर्पोरेसन डेभान एनर्जीले लट्ट ताल क्षेत्रको भूकम्पीय सर्वे गराएको थियो ।
भूकम्पीय सर्वे गराउँदा तीब्र आवाजका लहर जमिनभित्र पठाइन्छ । आवाजका जो लहर फर्केर आउँछन् त्यसबाट कुन स्थानमा खाली ठाउँ छ, कहाँ चट्टान छ, कहाँ घाटी छ, कहाँ ज्वालामुखी छ वा समुद्र छ भन्ने थाहा हुन्छ । यसबाट जमिनभित्रको थ्रीडी नक्सा बनाइन्छ । तर सर्वेका क्रममा यहाँ ठूलो लहर भेटेपछि डेभोन एनर्जीका कर्मचारीहरु डराए । युनिभर्सिटी अफ लुसियानामा जियोलोजीका पोस्ट ग्रयाजुएट विद्यार्थी र यो अध्ययनका अर्का लेखक कारे एडजलका अनुसार उनीहरुले डेभोन एजर्नीको तथ्यांकको जाँच गरेका थिए ।
उनले भने ‘हामीले भूकम्पनीय तस्वीर बनाएपछि म चकित परें । त्यसपछि मैले यो तस्वीर प्रोफेसर गेरी किन्सल्याण्डलाई देखाएँ । म यो चित्र देखेर अचम्ममा परें किनकि जमिनभित्र यति अग्ला–अग्ला लहर हुनु निकै दुर्लभ कुरा हो ।’ गेरी किन्सल्याण्डले पहिले पनि चिक्सुलुब इम्प्याक्ट क्रेटरको अध्ययन गरेका थिए । जब उनले यो भूकम्पीय तस्वीरको अध्ययन गरे त्यसपछि यी लहर सामान्य नभइ धेरै टाढाबाट आएका शकवेभ र पानीको बहाबको नतिजा भएको खुलासा भयो ।
यी लहरहरुको आकार र दिशाको आधारमा उनीहरुको उत्पत्तिको स्थानको खोजी गर्दा उनीहरु चिक्सुलुब इम्प्याक्ट क्रेटरमा गएर समाप्त भए । गेरीले त्यतिबेलै यी त्यही पृथ्वीबाट डायनोसरको अस्तित्व समाप्त पार्ने एस्टोरोएडको ठक्करबाट बनेका लहर हुन् भनी घोषणा गरे । यी महालहरको औसत तरंग लम्बाइ ६०० मिटर छ । हरेक लहरको औसत उचाइ ५२ फिट छ । अर्थात यी पृथ्वीमा अस्तित्वमा रहेका सबैभन्दा अग्ला महालहर हुन् । यति अग्ला लहर आजसम्म पृथ्वीमा वा समुद्रमा कहीँ पनि देखिएका छैनन् ।
यो अध्ययन हालै अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्समा प्रकाशित गरिएको छ । गेरी किन्सल्याण्डका अनुसार यो महालहरलाई हेर्ला चिक्सुलुब एस्टोरोएडको ठक्करबाट सम्भवतः मेक्सिकोको खाडीको पानी खाली भएको हुन सक्ने देखिन्छ । सुनामीका ठूला ठूला लहर उठेर विश्वका अलग अलग भागमा गए होलान् र जमिनमा उठेका लहरका कारण समुद्रमुनि रहेको लुसियानाको जमिन उठेर अमेरिकाको नक्सामा आएको हुन सक्ने उनी बताउँछन् । उनका अनुसार विस्तारै यहाँ माथि माटो र चट्टानको तह बन्दै जाँदा महालहर जमिनमुनि पुगेको हुन सक्छ ।







डिसी नेपाल







Facebook Comment