इन्स्टाग्राम लाइभ गरेर जुम्ल्याहा दिदीबहिनीको हत्या, किनकि उनीहरुलाई धेरै थाहा थियो

डिसी नेपाल
७ साउन २०७८ ११:३९
19.3k
Shares

काठमाडौं। इन्स्टाग्राममा भिडियो लाइभ स्ट्रिम गरेर जुम्ल्याहा दिदीबहिनीको हत्या गरिएको छ । अमालिया र अमान्डा अल्भेस नाम गरेका यी दिदीबहिनीहरुलाई पहिलो जबरजस्ती घुँडा टेकेर बस्न बाध्य पारिएको थियो । त्यसपछि उनीहरुलाई टाउकोमा पछाडिबाट गोली हानेर हत्या गरियो किनकि यी दिदीबहिनीलाई एउटा लागूऔषधको डीलबारे धेरै कुरा थाहा थियो ।

ब्राजिलका यी दिदीबहिनीलाई गोली हानेर हत्या गरिँदाको भिडियो हजारौं पटक हेरिएको ब्राजिलियन मिडियालाई उद्धृत गर्दै द सनले जनाएको छ । १८ वर्षका यी दिदीबहिनी दुवै आमा थिए । उनीहरुलाई पाकाजुसको एक कम्प्लेक्सको पछाडि सडक छेउमा गोली हानी मारिएको थियो । उनीहरुको शव केही घण्टापछि बरामद गरिएको थियो ।

अमाण्डाकी ३ वर्षकी छोरी छिन् । अमालियाका छोरा केवल ६ महिनाका छन् । पुलिसले उनीहरुको हत्याको आशंकामा १७ वर्षका एक किशोरलाई पक्राउ गरेको छ र उनीसँग सोधपुछ भइरहेको छ । जर्नल डे ब्रासिलियाका अनुसार यी दिदीबहिनीलाई गोली हान्नुअघि उनीहरुलाई आफ्नो कपाल उठाउन बाध्य पारिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *