भारतको महाराष्ट्रमा भीषण वर्षा, सहरहरु पानीमा डुबे

डिसी नेपाल
७ साउन २०७८ २१:३२
272
Shares

नयाँ दिल्ली (एजेन्सी)। भारतको महाराष्ट्र राज्यका विभिन्न जिल्लाहरुमा भीषण वर्षा भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार विगत केहीदिनदेखि महाराष्ट्रका विभिन्न जिल्लाहरुमा भीषण वर्षा भइरहेको छ। भारतीय मौसम विभागले अझै वर्षा हुन सक्ने भन्दै चेतावनी जारी गरेको बीबीसी हिन्दीले जनाएको छ।


समाचार अनुसार महाराष्ट्रका रत्नागिरी, अकोला र कोल्हापुर जिल्लाहरुमा अवस्था निकै खराब भएको छ। रत्नागिरीको चिपलुन सहरमा पानीमा १० फिटसम्म डुबेको जनाइएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ। उद्धार तथा राहतका लागि जलसेनालाईसमेत खटाइएको छ। भीषण वर्षापछि प्रधानमन्त्री नरेन्द्र मोदी र महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेबीच टेलिफोनमा कुराकानी भएकोसमेत जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *