सुदुरपश्चिममा भूकम्पको धक्का

डिसी नेपाल
११ साउन २०७८ २२:२०

बैतडी । आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *