फुटबल प्रशिक्षक अल्मुताइरीको विवाद खेलकुद मन्त्रालय पुग्यो

डिसी नेपाल
१५ साउन २०७८ २०:५४
664
Shares

काठमाडौं। नेपाली फुटबल टिमका मुख्यप्रशिक्षक अब्दुल्ललाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष पंकज विक्रम नेम्वाङबीचको विवाद एन्फाले टुंग्याउन सकेन। अल्मुताइरीले उपाध्यक्ष नेम्वाङ र दुईजना पत्रकारमाथि छानबिन गर्न एन्फामा निवेदन दिएका थिए।

सो निवेदमाथि शुक्रबार एन्फामा छलफल भएको थियो। तर, एन्फाले कुनै निर्णय लिन भने सकेन। बरु विवाद समाधानका लागि खेलकुद मन्त्रालयलाई गुहारेको छ। यो विवाद मन्त्रालयले टुंगो लगाउनुपर्ने निष्कर्ष निकालेको हो। एन्फाको शुक्रबार बसेको आकस्मिक बैठकले यो विवादमाथि छानबिन गर्न खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

केही दिनअघि अल्मुताइरीले सामाजिक सञ्जालमा उपाध्यक्ष नेम्वाङकै कारण आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। उनले सामाजिक सञ्जालबाट राजीनामाको घोषणा गरे पनि एन्फामा राजीनामा भने दिएका छैनन्।

एन्फाले अन्य तीनवटा निर्णयसमेत गरेको छ। साफ च्याम्पियनसिप प्रतियोगिता गर्न १० करोडको बजेट प्रस्ताव गर्ने, महिला फुटबल टिमले इरानसँग मैत्रीपूर्ण खेल खेल्ने विषय र साफ च्याम्पियनसिप खेल्ने मुलुकलाई सहभागिताका लागि पत्राचार गर्ने निर्णय गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *