राजनीतिमा आउने पूर्वकप्तान खड्काको तयारी !
फाईल तस्बिर
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अब राजनीतिमा आउने बताएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै उनले सक्रिय खेल जीवनपछिको योजनाबारे जानकारी दिएका हुन्। उनले राम्रो मौका पाए राजनीतिमा आउने बताए। तर, उनले कुन दलबाट राजनीति गर्ने भन्ने विषयमा भने केही खुलाएनन्।
उनले सक्रिय राजनीतिमा लाग्नुभन्दा पहिला क्रिकेट व्यवस्थापन लाग्ने योजना रहेकोसमेत बताएका छन्। खड्काले मंगलबार क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए।
क्रिकेट संघमा जाने आफ्नो योजना रहेको भन्दै उनले त्यो सजिलो भने नरहेको बताए। तर पनि आफू क्रिकेटमा योगदान दिन लागिपर्ने उनले बताए। उनले क्रिकेट एकेडेमी स्थापना गर्नेसमेत योजना सुनाए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment