मैलुङ खोलाको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ
काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँड भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर मंगलबार बाँडफाँट गरेको हो।
आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाले आवेदन दिएका थिए। जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ६८ हजार ४ सय ७४ जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ। जसमध्ये ६ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।
कम्पनीले साउन १४ बिहीबारदेखि प्रतिसेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २ यि ८६ कित्ता सेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये २ प्रतिशत सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहने ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गरेको हो।







डिसी नेपाल







Facebook Comment