मेस्सीको खिल्ली उडाउने फ्यानलाई मेस्सीका ८ वर्षे छोराले कडा जवाफ दिए
काठमाडौं। अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनेल मेस्सीले स्पेनिस क्लव बार्सिलोना छाड्ने घोषणा गरेसँगै अहिले उनको चर्चा चुलिएको छ । उनलाई फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनले अनुबन्ध गर्ने लगभग पक्का भइसकेको समाचार आइरहेका बेला उनलाई पिएसजी जान नदिन कानुनी खेल सुरु भएको पनि खबर आएको छ ।
सोमबार मेस्सी पेरिस जाने हल्लाले पेरिसको विमानस्थलमा ठूलो भिड जम्मा भएको थियो । अर्कोतर्फ मेस्सीको बार्सिलोनास्थित घरबाहिर पनि ठूलो भिड जम्मा भएको थियो । घरबाहिर रहेका फ्यानहरुले बेलाबेलामा मेस्सीलाई देख्न पनि पाएका थिए । केही फ्यानले त मेस्सीका छोराहरुसँग कुरा पनि गरेका थिए ।
Thiago Messi is a savage.
Fans at Lionel Messi’s house:
Fan: “Where is Messi? We are going to laugh at him.”
Thiago Messi: “And I am going to laugh at your father.” pic.twitter.com/ZAlzLzMZfw
— Roy Nemer (@RoyNemer) August 9, 2021
मेस्सीको घरबाहिर जम्मा भएका पत्रकार र प्रशंशकहरुले मेस्सीका छोरासँग गरेको कुराकानीका क्रममा भएको एउटा घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । मेस्सीको घरबाहिर जम्मा भएका फ्यानहरुमध्ये एक जनाले मेस्सीको खिल्ली उडाएका थिए । यत्तिकैमा मेस्सीका छोरा थियागोले उनलाई निकै कडा जवाफ दिएका छन् ।
खासमाती फ्यानले भनेका थिए ‘खोइ कहाँ छन् मेस्सी ? म उनलाई हेरेर हाँस्नेछु ।’ यो सुन्नेबित्तिकै मेस्सीका छोरा थियागोले भने ‘अनि म तिम्रा पितालाई हेरेर हाँस्नेछु ।’ थियागोको कुरा सुन्नासाथ त्यहाँ जम्मा भएका फ्यानहरु हाँस्छन् । थियागोले आफ्ना पिताको प्रतिरक्षामा दिएको यो अभिव्यक्तिको प्रशंशा पनि भइरहेको छ ।







डिसी नेपाल







Facebook Comment