चेन्नइ सुपरकिंग्स कसरी खेल्छ आइपिएल ? युएइमा ओर्लिन अनुमति पाएन
काठमाडौं। इण्डियन प्रिमियर लिगको दोस्रो चरण सुरु हुन लागेको छ । लिगका बाँकी खेल अर्को महिना युएइमा हुनेछन् । पहिलो चरणमा राम्रो प्रदर्शन गरेको महेन्द्र सिंह धोनी नेतृत्वको टिम चेन्नइ सुपरकिंग्सका खेलाडीहरु चेन्नइ पुगेका छन् । चेन्नइको टिम पर्सी १३ अगष्टमा युएइ जाने योजनामा छ । तर, यो योजना विफल हुन सक्ने सम्भावना देखिएको छ ।
चेन्नइ सुपरकिंग्सले अहिलेसम्म युएइ सरकारबाट दुबइमा ओर्लिन अनुमति पाएको छैन । इनसाइड स्पोर्टको रिपोर्टअनुसार फ्रेन्चाइजका सीइओ काशी विश्वनाथले भने ‘हामीलाई युएइमा ओर्लिनको लागि त्यहाँको सरकारको अनुमति चाहिन्छ र हामीले यसको प्रतिक्षा गरिरहेका छौं ।’ टिमका खेलाडीहरु चेन्नइ पुगेर क्वारेन्टाइनमा रहेको बताउँदै उनले आफूहरुलाई १४ अगष्टसम्म युएइमा ओर्लिन अनुमति दिइने विश्वास व्यक्त गरे ।
आइपिएल १९ सेप्टेम्बरबाट सुरु हुँदैछ । बीसीसीआइको तालिकाअनुसार १९ सेप्टेम्बरमा चेन्नइ सुपरकिंग्स र मुम्बइ इण्डियन्सबीचको खेलबाट दोस्रो चरणका खेलहरु हुनेछन् । त्यसपछि अबु धाबीमा कोलकाता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरको खेल हुनेछ । शारजाहमा २४ सेप्टेम्बरदेखि खेल हुनेछ । युएइमा १३ खेल दुबइमा, १० खेल शारजाहमा र ८ खेल अबु धाबीमा हुनेछन् ।







डिसी नेपाल







Facebook Comment