भैरहवाले भित्र्यायो श्रीलंकन खेलाडी दिनेश चन्डिमललाई

डिसी नेपाल
२७ साउन २०७८ १७:४६
144
Shares

काठमाडौं । भैरहवा ग्ल्याडियटर्स श्रीलंकन खेलाडी दिनेश चन्डिमललाई एभरेष्ट प्रिमियर लिग (ईपीएल)का लागि अनुबन्ध गरेको छ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाले आफ्नो सामाजिक सञ्जालबाट दिनेश इपीएलका लागि आउने बताएको हो।

शरदको कप्तानीमा रहेको टिमको मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायके रहेका छन । यसका साथै अन्य दुई विदेशी खेलाडीलाई पनि ल्याउने योजना बनाएको छ ।

सन् २०१४ मा टी २० विश्वकपको उपाधि श्रीलंकाले जित्दा दिनेश टिमका सदस्य थिए । दिनेशले श्रीलंकाबाट ६२ टेष्ट, एक सय ४९ एकदिवसिय र ५७ टी २० खेल खेलेका छन ।

श्रीलंकाका लागि उनले टी २० विश्वकपको उपाधि जित्दा कप्तान रहेका दिनेशले २४ बलमा ५२ रन बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *