उपत्यकामा राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

डिसी नेपाल
२८ साउन २०७८ १२:४२
320
Shares

काठमाडौं। काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। कोभिड–१९ को संक्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञा बिहीबार (आज) देखि लागू भएको छ।

सोही कारण आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ। अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ। अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ।

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो।

अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ। यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.