अन्तर्राष्ट्रिय युवा दिवस, गोकर्णेश्वर खेलकुद शाखाद्वारा रक्तदान कार्यक्रम
काठमाडौं। गोकर्णेश्वर नगरपालिका, युवा तथा खेलकुद शाखाले गोकर्णेश्वर नगरपालिका–५ स्थित पिस ब्याङ्केटमा वृहत रक्तदान कार्यक्रम गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर उक्त शाखाले आज (बिहिबार) वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

खेलकुद शाखाका संयोजक सन्जे लामाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर उक्त रक्तदान कार्यक्रम गरेको बताए। उनका अनुसार कोरोना महामारीका कारणले बिरामीहरुलाई सो रक्तदानले केही हदसम्म सहयोग हुने बताए।

संयोजक लामाले खेलकुद शाखाले पहिलो पटक आयोजना गरेको उक्त रक्तदान कार्यक्रमबाट करिब १ सय प्याकेट ब्लड संकलन हुने बताए। साथै, उनले संकलित रगत, ब्लड बैंकलाई दिने जानकारी गराए।

देशभर हरेक वर्ष अगष्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। सन् १९९९ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो।

यस दिन युवाहरुको सम्मानमा विश्वभरिका सरकारदेखि नागरिक अगुवाहरु एकजुट हुने गर्छन्। विभिन्न जागरूक अभियानहरु र सामुदायिक कन्सर्टहरु आयोजना गरी तथा युवाको समस्या उजागर हुने किसिमको कार्यक्रम गरी यो दिवस विश्वभरि मनाइन्छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment