१५ हजार ६११ परीक्षण गर्दा ३ हजार ४५१ जनामा कोरोना संक्रमण, थप ३५ को मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा १५ हजार ६११ जनाको परीक्षण गर्दा ३ हजार ४५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ४५८ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ५१८ परीक्षण गर्दा ८८५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ । हाल सक्रिय संक्रमित ३९ हजार ३७१ जना रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment