टी–ट्वान्टी विश्वकपका लागि अष्ट्रेलिया टिमको घोषणा
काठमाडौं । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलिया टिमको घोषणा गरेको छ । क्रिकेट अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा बिहीबार विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तानी प्याट कमिन्सले गर्ने छन् । अष्ट्रेलियाले घोषणा गरेको टिमम तीन वैकल्पिक खेलाडी राखिएको छ ।
अष्ट्रेलियाको टिममा फिन्च र कमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कस स्टोइनिस, जोश इंगलिस, मिचेल स्विपसन र मिचेल मार्श, स्टिभ स्मिथ, एडम जाम्पा, डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन रहेका छन् ।
टिमको वैकल्पिक खेलाडीमा डानिल साम्स, नाथन एलिस र डेनील क्रिस्टियन रहेका छन् । विकेट किपर ब्याट्सम्यान जोश पहिलो पटक अष्ट्रेलियाको टिममा परेका हुन् । टी–ट्वान्टी विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । सुपर १२ को समूह १ मा रहेको अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रीकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।








डिसी नेपाल







Facebook Comment