माधव समूहले पार्टी दर्ता भएलगत्तै राष्ट्रिय सम्मेलन गर्ने
काठमाडौं । औपचारिक रुपमा पार्टी विभाजन गरी नेकपा एकीकृत (समाजवादी) पार्टी दर्ताको प्रक्रियामा रहेका माधव नेपाल समूहले छिट्टै राष्ट्रिय सम्मेलन गर्ने बताएको छ । नेपालले पार्टी दर्ता प्रक्रिया सम्पन्न भएलगत्तै राष्ट्रिय सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जानकारी गराएका छन् ।
नेपालले सामाजिक संजालमा स्टाटस लेख्दै सबै ढोका बन्द गरेर एमाले अध्यक्ष केपी ओलीले पार्टी कब्जा गरेपछि बाध्य भएर विद्रोह गर्नुपरेको पनि बताएका छन् ।
‘हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर बिद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं’, उनले लेखेका छन् ।
उनले हाललाई साविक एमालेको केन्द्रीय कमिटीमा रहेर विद्रोहको पक्षमा हस्ताक्षर गरेका,प्रतिनिधिसभाका सांसद तथा बैधानिक प्रावधान अनुसार पुर्याउनुपर्ने महिला सदस्यहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेको पनि जानकारी दिएका छन्। अहिले समावेश नभएका अनुभवी एवम् योग्यहरुलाई समेटेर राष्ट्रिय सम्मेलनमार्फत केन्द्रीय कमिटीले पूर्णता पाउने उनको भनाइ छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment