हास्यकलाकार थापाको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं। कोरोनाबाट हाँस्यकलाकार शम्भुराज थापाको मृत्यु भएको छ। पाटन अस्पतालमा उपचाररत उनको शनिबार विहान मृत्यु भएको हो। कोरोना संक्रमण भएपछि एक महिना अघि पाटन अस्पतालमा भर्ना भएका थिए।
हास्य टेलिश्रृंखलाहरु हल्का रमाइलो, गोलमाल, भद्रगोल, मेरी बास्सैलगायतमा अभिनय गरेका ६४ वर्षका थापाले केही चलचित्रमासमेत अभिनय गरेका थिए।
सामाजिक सञ्जालमा सिताराम कट्टेल (धुर्मुस), प्रदिप भट्टराईलगायतले श्रद्धाञ्जली दिएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment