वानिन्दु हसरंगा बेंगलोरमा अनुबन्ध, आईपीएलका बाँकी खेल खेल्ने
काठमाडौं । श्रीलंका युवा स्पिनर वानिन्दु हसरंगालाई रोयल च्यालेन्जर्स बेंगलोरले भित्र्याएको छ । अष्ट्रेलियाका लेग स्पिनर एडम जाम्पाको स्थानमा बेंगलोरले हसरंगालाई भित्र्याएको हो । जाम्पा यूएईमा हुने आईपीएलका बाँकी खेलमा उपलब्ध नहुने भएपछि हसरंगाले खेल्ने भएका छन् ।
२४ वर्षिय हसरंगाले अघिल्लो महिना भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । तीन खेलमा वानिन्दुले ७ विकेट लिँदै प्लेयर अफ द सिरिज चुनिएका थिए । भारतलाई तेस्रो खेलमा ८१ रनमा रोक्न वानिन्दुले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिएका थिए ।
जाम्पाले टि२० विश्वकपको कारण आइपिएलबाट आफ्नो नाम फिर्ता लिएका हुन् । आइपिएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म यूएईमा चल्ने छ । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्ने छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment