ईपीएलः चितवनले भित्र्यायो शाहजादलाई

डिसी नेपाल
६ भदौ २०७८ १७:२२
164
Shares

काठमाडौं । अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद शाहजादले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । ३४ वर्षीय शाहजादले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका हुन् । चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै साहजादलाई अनुबन्ध गरिएको जनाएको छ ।

शाहजाद यसअघि पनि चितवन टाइगर्समा आवद्ध थिए । तर, कोभिड–१९ को कारण ईपीएल स्थगित हुँदा उनी २०१९ मा नेपाल आएर खेल्न पाएका थिएनन् । चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले समेत खेल्ने छन् । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *