एसियन कप छनोटका लागि टिमको घोषणा
काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको घोषणा गरिएको एन्फाले जनाएको छ । टिमबाट अमिशा कार्की,अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिएकी छिन् ।
उज्वेकिस्तानमा आयोजना हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ ।
नेपाली टिमः
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह







डिसी नेपाल







Facebook Comment