साविक विजेता ललितपुरले भित्र्यायो इंग्लिस ब्याट्म्यान
काठमाडौं । इंग्ल्याण्डका क्रिकेटर एलेक्स ब्लेकलाई चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टीका लागि साविक विजेता ललितपुर प्याट्रीयट्सले भित्र्याएको छ ।
ललितपुरले बुधबार एक विज्ञप्ति निकाल्दै एलेक्सलाई अनुबन्ध गरिएको जनाएको छ । देब्रे हाते ब्याट्सम्यान एलेक्सले केन्ट काउन्टी क्रिकेट क्लबबाट खेल्ने गर्छन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment