इंग्लिस बलर सामू भारतीय ब्याट्सम्यान निरिह
काठमाडौं । इंग्ल्याण्ड भ्रमणमा रहेको भारतले आज घरेलु टिसँग तेस्रो टेस्ट खेलिरहेको छ । लिड्समा जारी टेस्टमा भारतले लज्जास्पद ब्याटिङ गरेको । टस जितेर ब्याटिङ गरेको भारतले ७८ रन बनाउँदा सबै विकेट गुमाएको छ ।
भारतले ४०.४ ओभरमा ७८ रन बनाएको हो । भारतका रोहित शर्माले १९ तथा अजिंख्य रहानेले १८ रन बनाए पनि अन्य कुनै पनि खेलाडीले दोहोेरो रन बनाउन सकेनन् । इंग्ल्याण्डका जेम्स एण्डरसन र के्रग ओभरटनले ३/३ विकेट लिए भने शाम करन र ओली रोबिनसनले २/२ विकेट लिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment