नेपालको यू–१९ विश्वकप खेल्ने सपना सकियो

डिसी नेपाल
१० भदौ २०७८ १६:१९
788
Shares

काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बुधबार छनोट रद्द भएको जनाएको छ ।

आईसीसीले कोरोना महामारीको कारण एसिया छनोट रद्द गरिएको जनाएको छ । एसिया छनोट रद्द भएसँगै एसियाबाट युएई विश्वकपका लागि छनोट भएको छ । छनोट रद्द भएसँगै नेपालको यू–१९ विश्वकप खेल्ने सपना सकिएको छ ।

यस्तै आईसीसीले अमेरिका र इस्ट एसिया प्यासाफिकको छनोट समेत रद्द भएको जनाएको छ । अमेरिका क्षेत्रबाट क्यानडा र इस्ट एसियाबाट पपुवा न्युगिनी विश्वकपका लागि छनोट भएका छन् । युरोप र अफ्रीका क्षेत्रको छनोट भने आयोजना हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *