होबार्टद्वारा सन्दीपको सम्झौता नविकरण

डिसी नेपाल
१० भदौ २०७८ १६:३०
148
Shares

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई आगामी सिजनको बिग बास लिग (बीबीएल)का लागि होबार्ट हरिकेन्सले ‘रिटेन’ गरेको छ । अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरेको जनाएको छ ।

होबार्टले पहिलो अन्तराष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरेका हो । सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए । सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *