नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय टिमको घोषणा
काठमाडौं । भारतले नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिमको घोषणा गरेको छ। भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले शुक्रबार नेपालविरुद्ध खेलका लागि २५ सदस्यीय टिमको घोषणा गरेका हुन्।
भारतले घोषणा गरेको टिममा कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गरिएको छ। भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
मैत्रीपूर्ण खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment