जर्मन बुण्डेस लिगमाड र्टमण्डको रोमाञ्चक जित

डिसी नेपाल
१२ भदौ २०७८ ६:४९
340
Shares

काठमाडाैं। जर्मन बुण्डेस लिगमा बोरुसिया डर्टमण्डले रोमाञ्चक जित निकालेको छ । शुक्रवार रातिको खेलमा डर्टमण्डले होफेनहाइमलाई ३-२ गोल अन्तरले हराएकाे हाे।

दोस्रो जित निकाल्ने क्रममा डर्टमण्डलाई जिताउन जिओभानी रायना, जुड बेल्लिङ्घाम र एर्लिङ ब्राउट हाल्याण्डले एक-एक गोल गरे। यस्तै, होफेनहाइमका लागि क्रिस्टोफ र मुनास डाबरले एक-एक गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिए पनि दाेस्राे हाफमा भएकाे एक गाेल नै निर्णायक बन्याे।

९० मिनेट पछि थपिएको समयमा हाल्याण्डले गाेल गरेर टीमलाई ३-२ को रोमाञ्चक जित दिलाएका हुन्। तीन खेलबाट ६ अंक जोडेको डर्टमण्ड पहिलो स्थानमा उक्लिएको छ । पराजित होफेनहाइम ३ खेलबाट ४ अंक सहित चौथो स्थानमा छ। शनिबार जर्मन बुण्डेस लिगमा ६ खेल हुँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *