इंग्लिस प्रिमियर लिगमा आज ७ खेल हुँदै
काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा आज ७ खेल आयोजना हुँदैछन। तेस्रो राउन्डअन्तर्गत शनिबार साँझ प्रिमियर लिगका ७ खेल हुन लागेका हुन्। तेस्रो चरणमा निकै प्रतिस्पर्धात्मक खेल रहेको छ।
पहिलो खेलमा साबिक विजेता म्यान्चेस्टर सिटी र लण्डन क्लब आर्सनल प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समय अनुसार साझ सवा ५ बजे सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुनेछ।
आर्सनलविरुद्ध घरेलु टोली लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ। पहिलो खेलमा टोटनहमसँग पराजित सिटीले दोस्रो खेलमा नर्विचबिरुद्ध सानदार जित निकालेको थियो।
यता, भ्रमण टोली आर्सनल सिटीविरुद्ध निकै दबाबमा हुनेछ। लगातार दुई खेलमा पराजित आर्सनल सिटीबिरुद्ध अंक गुमाउन चाहँदैन। पहिलो खेलमा नव प्रवेशी क्लब ब्रेन्टफोर्डसङ पराजित आर्सनल दोस्रो खेलमा छिमेकी चेल्सीसँग पराजित भएको थियो।
राती पौने ८ बजे हुने प्रिमियर लिगको खेलमा एकैपटक ५ खेल हुनेछ । १० क्लबले आ-आफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नेछन्।
एस्टन भिल्लाले भिल्ला पार्कमा ब्रेन्टफोर्डसङ खेल्नेछ । ब्राइटनले आफ्नै कम्युनिटी मैदानमा एभर्टनलाई आतिथ्यता प्रदान गर्नेछ। घरेलु टोली न्युक्यासलले जेम्स पार्कमा साउथ ह्याम्पटनलाई निमन्त्रणा गर्नेछ। नर्विचले लेस्टर सिटी सङ भिड्दा वेस्ट हाम युनाइटेडले लण्डनमा क्रिस्टल प्यालेसको सामना गर्नेछ।
तेस्रो चरणको पहिलो दिनको अन्तिम खेलमा लिभरपुरले चेल्सीको सामना गर्नेछ । लिभरपुल घरेलु मैदान एनफिल्डमा हुने खेल नेपाली समयअनुसार सवा १० बजे सुरु हुनेछ । खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । दुबै टोलीले यस अघिका आफ्ना दुई खेलमा शत प्रतिशत जित निकालेका छन्।
दुबै टोलीलाई जित निकाल्दै शिर्ष स्थानमा पुग्ने मौकासमेत रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment