डोनाल्ड ट्रम्पले ‘तालिबान प्रमुख’सँग कुरा गरेको स्वीकारे, के–के कुरा भयो भन्ने आफैंले बताए

डिसी नेपाल
१३ भदौ २०७८ १४:०६
2.9k
Shares

काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले एक रेडियो कार्यक्रममा आफूले गत वर्ष तालिबानका प्रमुखसँग कुरा गरेको पुष्टि गरेका छन् । यी प्रमुख को थिए भन्ने बारेमा उनले प्रस्ट बताएनन् तर जब रेडियो शोका होस्टले उनीसँग ‘मुल्ला अब्दुल गनी बरादरको कुरा गरिरहनुभएको हो ?’ भनेर सोधेपछि ट्रम्पले भने ‘हो मैले उनीसँग कुरा गरेको थिएँ ।

पूर्वराष्ट्रपति ट्रम्पले बिहीबार कंजरभेटिभ टक रेडियोका होस्ट ह्यु ह्युवेटको कार्यक्रममा यो कुरा भनेका हुन् । ट्रम्पका अनुसार अफगानिस्तानमा रहेका अमेरिकी सुरक्षा बलको लागि २०२० मा कुरा जारी रहेका बेला उनले यो कुराकानी गरेका थिए । मुल्ला अब्दुल गनी बरादर तालिबानका सहसंस्थापक र उपनेता हुन् । अहिले संगठनका प्रमुख नेता हिब्तुल्लाह अखुंदजादा हुन् ।

रेडियो कार्यक्रममा ट्रम्पसँग मुल्ला बरादरसँग के–के कुरा भयो भनेर सोधिएपछि ट्रम्पले आफूले मुल्ला बरादरलाई प्रस्ट र कडा भाषामा यदि अमेरिकालाई नोक्सान पुर्याइयो भने आजसम्म विश्व इतिहासमा कहिल्यै नभएको चोट तालिबानलाई दिने भनेको बताए । ट्रम्पले यस विषयमा विस्तारसँग कुरा गरे ।

ट्रम्पले भने ‘मेरो उनीसँग कुराकानी तय गराइयो र मानिसहल्े मैले यस्तो गर्न हुन्न भनिरहेका थिए । त्यसो त मैले उत्तर कोरियाका किम जोंग उनसँग पनि कुराकानी तय गरेको थिएँ । हाम्रो बीचमा कुनै परमाणु युद्ध भएको थिएन । म राष्ट्रपति नभएको भए ओबामाको कुरा सत्य हुन्थ्यो र हामीबीच परमाणु युद्ध भइसकेको हुन्थ्यो ।’

उनले अगाडि भने ‘राष्ट्रपति ओबामाले मसँग भन्नुभएको थियो कि हामी उत्तर कोरियासँग परमाणु युद्धतर्फ गइरहेका छौं । मैले उहाँसँग कहिल्यै उनीहरुसँग कुरा गर्नुभयो भनेर सोध्दा उहाँले छैन भन्नुभयो । मैले यहाँसँग यो राम्रो आइडिया हैन र ? भनेर सोधें । तर केही छैन । मलाई थाहा छ कि उहाँ उनीहरुसँग कुरा गर्न चाहनुहुन्थ्यो तर उहाँ कहिल्यै कुरा गर्नको लागि जानुभएन र मलाई लाग्छ अर्को पक्ष पनि ओबामासँग कुरा गर्न चाहँदैनथ्यो । मैले ती चर्चित तालिबान प्रमुखसँग कुरा गरें ।’

ट्रम्पले भने ‘ती प्रमुखका विषयमा कोही निश्चिन्त थिएनन् तर म अहिले निश्चिन्त छु कि उनी तिनै थिए जोसँग मैले कुरा गरेको थिएँ र मलाई याद छ कि मैले उनीसँग कसरी कुरा गरेको थिएँ । मैले परिचयमा पनि हेलो भनेको थिएँ र उनी जोडले केही चिच्याएका थिए । त्यसपछि मैले कुरा सुरु गरेको थिएँ ।’

‘मैले भनेको थिएँ कि सुन्नुस् हामी एक लामो कुराकानी सुरु गर्न जाँदैछौं र म एउटा कुरा भन्न चाहन्छु र म यो कुरा तपाइँको अगाडि फेरि दोहोर्याउन्न । म यो भन्दैछु कि यदि संयुक्त राज्य अमेरिकासँग केही पनि नराम्रो भयो, यदि तपाइँले हाम्रा नागरिक वा कुनै पनि अमेरिकी नागरिकसँग केही पनि नराम्रो गर्नुभयो, वा तपाइँले केही पनि असामान्य गर्नुभयो भने थाहा पाइराख्नुस् म तपाइँलाई यस्तो चोट दिनेछु कि विश्व इतिहासमा कहिल्यै कसैले कसैलाई दिएको छैन होला । तपाइँलाई यस्तो चोट पर्नेछ कि कहिल्यै कुनै देशले र कहिल्यै कुनै व्यक्तिले विश्व इतिहासमा कसैलाई यस्तो चोट दिएको थिएन होला ।’

‘त्यसपछि हामीले खास स्थान र सहरहरुमा कुराकानी सुरु गर्यौं । मलाई याद छ मैले उनको सहरको नाम दोहोर्याएको थिएँ । यसपछि हामीले कुरा सुरु गरेका थियौं । त्यसपछि उनले मसँग एउटा प्रश्न सोधेका थिए र मैले उनीसँग भनेको थिएँ हुन्छ सोध्नुस् । बस त्यही एउटा प्रश्न उनले मसँग सोधेका थिए ।’

‘मैले कुराकानीको क्रममा भनेको थिएँ कि हामी २१ वर्षपछि अफगानिस्तान छोड्न जाँदैछौं । जब हामी छोड्नेछौं तपाइँले हामीलाई एक्लै छोड्नुपर्नेछ र हामी ठूलो सम्मान र गौरवका साथ जाँदैछौं । हामी यो स्थितिको ध्यान राख्न गइरहेका छौं । हामी आफ्नो समय लिनेछौं । हामीले १ मेको मिति तय गरेका थियौं तर उनीहरु केही शर्त लागू गराउनबाट चुके । म एक मेमा बाहिर आउन चाहन्थें । मैले कुराकानीमा भनेको थिएँ कि हामीले एक मेभन्दा पहिल्यै छोडिदिनेछौं । तर उनीहरुले शर्तहरु तोडे र त्यसपछि हामीले उनीहरुमाथि बम बर्सायौं र द्रुत आक्रमण गर्यौं ।’

‘त्यसपछि उनीहरुले भने कि हामी ती शर्तहरुमा सहमत होऔं जो उनीहरुले भनिरहेका छन् तर मैले भनें कि हुँदैन किनकि तपाइँहरु पहिल्यै पहिलेका शर्तहरुमा सहमत हुनुहुन्थ्यो । हामीले उनीहरुलाई राम्रोसँग समातेर राखेका थियौं । उनीहरु काबुलमा थिएनन् । तपाइँ हेर्नुस् कि उनीहरुले अफगानिस्तानमा कहाँबाट कब्जा गर्न सुरु गरेका थिए, जहाँ मैले उनीहरुलाई छोडेको थिएँ । जब म गएँ उनीहरु खुंखार हुन सुरु गरे किनकि उनीहरु दोस्रो राष्ट्रपतिसँग सम्झौता गरिरहेका थिए ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *