अफगानिस्तानमा जे भयो त्यो इराकमा हुने छैनः इराकी सेना

डिसी नेपाल
१३ भदौ २०७८ १४:२१
14.6k
Shares

काठमाडौं। इराकी सेनाका ब्रिगेडियर जनरल याह्या रसूलले अफगान संकटका अनुभव इराकमा नदोहोर्याइने बताएका छन् । अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती ३१ अगष्टसम्म पूरा हुँदैछ । काबुलमा तालिबानको नियन्त्रण स्थापित भएको २ हप्ताभन्दा कम समयमा हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बम विष्फोटहरु भए जसमा सयौं मानिसको ज्यान गयो ।

अफगानिस्तानबाट जस्तै इराकबाट पनि ६ हजार अमेरिकी सैनिक फर्किंदैछन् । इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीले जुलाइमा यस बारेमा राष्ट्रपति जो बाइडेनसँग औपचारिक रुपमा सम्झौता गरेका छन् कि २०२१ को अन्तिमसम्म इराकमा अमेरिकाको सैन्य अभियान समाप्त हुनेछ ।

इराकी समाचार वेबसाइट रुदावको रिपोर्टअनुसार ब्रिगेडियर जनरल याह्या रसूलले भने ‘जो अफगानिस्तानमा भयो त्यो इराकमा हुने छैन । दुवै देशको कुनै तुलना हुँदैन । हामीसँग एक सशस्त्र सेना छ र एक नागरिक सुरक्षा प्रणाली । इराकी सेना र इराकी जनता एकजुट छन् ।’

‘हामी चरमपन्थसँग लडेका छौं । हामी इराक र इराकी जनताको सुरक्षा गर्न सक्छौं । इराकको तुलना अफगानिस्तानसँग गर्न सकिँदैन । हामीले पृथ्वीको सबैभन्दा शक्तिशाली चरमपन्थ संगठनसँग लडाइँ लडेका छौं । हामीले उनीहरुको नियन्त्रणमा रहेको इराकका ४० प्रतिशत क्षेत्रलाई मुक्त गराएका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *