काबुलका आक्रमणकारीलाई मार्न एयरस्ट्राइक गरिसकेपछि अमेरिकाले किन गल्ती मान्यो ?
काठमाडौं। अफगानिस्तान छोड्नुभन्दा पहिले अमेरिकाले काबुलमा एयरस्ट्राइक गरेको छ । काबुल विमानस्थलमा गरिएको आक्रमणका आरोपीहरुलाई निशाना बनाउनका लागि गरिएको यो एयरस्ट्राइकमा कैयौं बालबालिकासहित आम नागरिकको पनि मृत्यु भयो । अब अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले आफ्नो एयरस्ट्राइकमा आम मानिसहरुको पनि ज्यान गएको स्वीकार गरेको छ ।
अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ताले जारी गरेको बयानमा भनेका छन् ‘हामीलाई थाहा छ कि हामीले गरेको स्ट्राइकमा आम सर्वसाधारणको पनि ज्यान गएको छ । हामी अहिले पनि स्ट्राइकको नतिजाको मूल्यांकन गरिरहेका छौं । हाम्रो उद्देश्य आइएसआइएस–केका आतंकवादीहरुलाई मार्नु थियो । जसमा हामी सफल पनि भएका छौं ।’ अमेरिकी सेन्ट्रल कमाण्डको तर्फबाट यदि एयरस्ट्राइकमा कुनै निर्दोषको ज्यान गएको भए हामीलाई त्यसको दुःख छ भनिएको छ ।
आइतबार अमेरिकी सेनाले काबुल विमानस्थल नजिकै एयरस्टइक गरेको थियो । यो एयरस्ट्राइकमा एउटा गाडीलाई निशाना बनाइएको थियो । यो गाडी विष्फोटक पदार्थले भरिएको र यो विष्फोटक काबुल विमानस्थलमा विष्फोट गरेर विनाश गर्न ल्याइएको दावी गरिएको छ ।
अमेरिकी सेनाले एयरस्ट्राइकमा यही गाडीलाई निशाना बनाएको थियो । यसको विष्फोटमा आसपास रहेका कैयौं मानिसहरुको ज्यान गएको थियो । रिपोर्टका अनुसार करिब ९ जना सर्वसाधारणको यो स्ट्राइकमा ज्यान गएको थियो । मारिनेमा केही बालबालिका पनि छन् । सीएनएनका अनुसार मारिनेमध्ये करिब ५ बालबालिकाको उमेर १० वर्षभन्दा कम थियो ।







डिसी नेपाल







Facebook Comment