गुमिसकेको कुमारित्व फर्काउन यस्तो तरिका अपनाउँदैछन् युवतीहरु, प्रतिबन्ध लगाउन माग
काठमाडौं। कुमारित्व परीक्षण र कुमारित्व फिर्ता पाउने मुद्दा एक पटक फेरि चर्चामा आएको छ । यस पटक यसको विरुद्ध बेलायतका डाक्टरहरु अगाडि आएका छन् । यहाँका डाक्टरहरुका अनुसार जबसम्म ‘भर्जिनिटी रिपेयर’को नाममा फर्जी अपरेशन बन्द हुँदैन तबसम्म कुमारित्व परीक्षणको विषयमा कानुन बनाउनुको कुनै फाइदा छैन ।
द गार्डियनका अनुसार रोयल बलेज अफ अब्स्टिट्रिसियन्स एण्ड गाइनोकोलोजिस्त (आरसीओजी) ले सरकारलाई चेतावपनस्ी दिँदै भर्जिनिटी रिपेयर सर्जरीमा कडाइका साथ रोक लगाउन माग गरेको छ । गत महिना सांसदहरुको कमिटीले पनि एक प्रस्ताव पेश गरेको थियो जसमा केही निजी क्लिनिकहरुले गरिरहेको भर्जिनिटी टेस्टलाई अपराधको श्रेणीमा राख्न माग गरिएको थियो ।
डाक्टरहरुका अनुसार एकातिर सरकारले भर्जिनिटी टेस्टका विषयमा कानुन बनाएको दावी गरिरहेको छ र अर्कोतर्फ ‘भर्जिनिटी रिस्टोर’ अर्थात कुमारित्व फर्काउने प्रक्रियामाथि कुनै रोक लगाएको छैन । भर्जिनिटी रिपेयर सर्जरीमा योनीको छालाको एक लेयर ठिक गरिन्छ जसबाट हाइमन टुटेको देखिँदैन । यो सर्जरीलाई हाइमनोप्लास्टी भनिन्छ ।
बेलायतमा युवतीहरुलाई पूर्ण रुपमा कुमारी देखाउन उनका माता पिता वा आफन्तले हाइमनोप्लास्टी गराउँछन् । २०२० मा सन्डे टाइम्सले जाँचपछि यस्ता २२ निजी क्लिनिकको खुलासा गरेको थियो जसले भर्जिनिटी रिपेयर सर्जरीको नाममा मोटो शुल्क लिन्थे । एक वर्षमा यहाँ करिब ९ हजार मानिसहरुले हाइमनोप्लास्टी वा यससँग सम्बन्धित जानकारी गुगलमा खोजेका छन् ।
आरसीओजीका अनुसार यदि भर्जिनिटी रिपेयरको प्रक्रियामा रोक लगाइएन भने भर्जिनिटी परीक्षणमा रोक लगाउने प्रयास बेकार हुनेछ । आरसीओजीका अध्यक्ष डा. एडवर्ड मोरिसले द गार्डियनसँग भने ‘हामी मान्छौं कि बेलायतमा दुवै प्रक्रियामा रोक लगाउनुपर्छ । हाइमनोप्लास्टी र भर्जिनिटी टेस्टिङ दुवै हानीकारक प्रथाहरु हुन् जो सामाजिक, साँस्कृतिक र राजनीतिक मूल्यलाई खराब गर्छन् । यसले महिलाको पूर्व यौन सम्बन्धको गलत जानकारी दिन्छन् । हाइमनोप्लास्टीमा रोक नलगाइ भर्जिनिटी टेस्टमा प्रतिबन्धको कुनै फाइदा छैन किनकि दुवै प्रथा अटुट रुपले जोडिएका छन् ।
आरसीओजीका अनुसार हाइमन रक्तकोशिकाहरुको एक झिल्लीजस्तै हुन्छ । आम रुपमा पहिलोपटक यौन सम्बन्धको क्रममा यो झिल्ली च्यातिएर रक्तस्राव हुन्छ । एकपटक यो झिल्ली च्यातिएपछि रक्तस्राव हुँदैन । विश्व स्वास्थ्य संगठनले भने हाइमनलाई सधैं यौन सम्बन्धसँग जोडेर हेर्न मिल्दैन र कुमारित्व परीक्षण मानवअधिकारको उल्लंघन हो भनेको छ । आइकेडब्लुआरओ महिला अधिकार संगठनकी कार्यकारी निर्देशक डायना नम्मीले हाइमनोप्लास्टी महिलाहरुविरुद्ध एक किसिमको हिंसा भएको बताइन् ।







डिसी नेपाल







Facebook Comment