अमेरिकाले काबुलमा आक्रमण गरेर सर्वसाधारण मारिदिएपछि तालिबानले के भन्यो ?
काठमाडौं। काबुलमा कथित रुपमा आइएसका आत्मघाती आक्रमणकारीमाथि अमेरिकाले ड्रोन आक्रमण गरेको घटनाप्रति तालिबानले टिप्पणी गर्दै कुनै अर्को देशमा कुनै जानकारी नदिइ आक्रमण गर्नु गैर कानुनी भएको बताएको छ । अमेरिकाको कारवाहीप्रति तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले यो बयान दिएका हुन् ।
उनले चीनको टेलिभिजन च्यानल सीजीटिएनसँग कुरा गर्दै अमेरिकाले यो आक्रमण तालिबानलाई जानकारी नदिइ गरेको बताएका छन् । उनले अमेरिकाको तर्फबाट कुनै अर्को देशका यस्तो आक्रमण गर्नु गैर कानुनी भएको बताए । अर्कोतर्फ स्थानीय मिडियाका अनुसार यो आक्रमणमा काबुलमा ९ जना सर्वसाधारणको मृत्यु भएको छ ।
टोलो न्यूजका एक प्रस्तोता मुस्लिम शेरजादले आफ्नो ट्वीटमा मृत्यु हुनेहरुमध्ये एक जना अफगान सेनाका सैनिक, २ जना अनुवादक र एक जना पसले भएको र यसबाहेक अन्य ४ जना बालबालिका भएको लेखेका छन् । अमेरिकी मिडिया सीएनएनले पनि आफ्ना एक स्थानीय पत्रकारको हवाला दिँदै यो आक्रमणमा सर्वसाधारणको मृत्यु भएको मर्नेहरुका एक आफन्तले बताएको जनाएको छ ।







डिसी नेपाल







Facebook Comment