‘चांद नवाब कराची से…’ भिडियो ७५ लाख रुपैयाँमा बिक्री हुँदै
काठमाडौं। सलमान खानको बलिउड फिल्म बजरंगी भाइजानमा नवाजुद्दीन सिद्दीकीले पाकिस्तानी टेलिभिजन पत्रकार चांद नवाबको भूमिका निभाएका थिए । उनको यो भूमिका चांद नवाब नामकै पत्रकारबाट प्रेरित थियो । खासमा बजरंगी भाइजान फिल्ममा देखाइएको कराची रेलवे स्टेशनबाट रिपोर्टिङ गर्दै गर्दाको दृश्य वास्तविक चांद नवाबको सोही ठाउँबाट रिपोर्टिङ गर्दाको घटनाबाट प्रेरित थियो । अब एक पटक फेरि पाकिस्तानी पत्रकार चांद नबाब चर्चामा छन् ।
उनले कराचीबाट रिपोर्टिङ गर्दाको भिडियो डिजिटल सम्पत्तिको रुपमा बेच्दैछन् । उनले आफ्नो यो भिडियो लिलामीमा राखेका छन् । लिलामीको लागि यसको बेस मूल्य ६३ हजार ६०४ डलर अर्थात ७५ लाख नेपाली रुपैयाँ राखिएको छ । यसलाई फाउण्डेशन एपमा एनएफटीको रुपमा बिक्रीमा राखिएको छ । चांद नवाबको यो भिडियो २००८ को हो जतिबेला उनले कराची रेलवे स्टेशनबाट रिपोर्टिङ गर्दै थिए ।







डिसी नेपाल







Facebook Comment