भारतमा ४० तलाका २ विशाल बिल्डिङ भत्काउन सर्वोच्च अदालतको आदेश

डिसी नेपाल
१५ भदौ २०७८ १७:१४

काठमाडौं। भारतको सर्वोच्च अदालतले एक महत्वपूर्ण फैसलामा रियलस्टेट कम्पनी सुपरटेकको दिल्लीसँग जोडिएको नोएडामा रहेका ४० तलाका २ विशाल भवन भत्काउन आदेश दिएको छ । सुपरटेकले नोएडाको एमराल्ड कोर्टमा एपेक्स र सेयाने नामका ४० तलाका २ अग्ला टावरहरु निर्माण गरेको थियो । यी २ विशाल अपार्टमेन्ट बिल्डिङमा करिब १ हजार फ्ल्याट थिए ।

एमराल्ड कोर्टका बासिन्दाहरुले भने कम्पनीको यो कामको विरोध गरेका थिए र उनीहरु यसविरुद्ध इलाहाबाद हाइकोर्ट गएका थिए । इलाहाबाद हाइकोर्टले सुपरटेक कम्पनी र एमराल्ड कोर्टको स्वामित्व रहेको रेजिडेन्ट वेलफेयर एसोसिएसन र अन्यको बीच जारी विवादमा सुपरटेकको विरुद्ध फैसला सुनाएको थियो ।

त्यसपछि सुपरटेकले सर्वोच्च अदालतमा पुनरावेदन गर्दै हाइकोर्टको फैसला कार्यान्वयन हुनबाट रोकेको थियो । तर, मंगलबार सर्वोच्च अदालतले इलाहाबाद हाइकोर्टको फैसला स्वीकार गर्दै यी दुई टावरहरुलाई भत्काउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डिवाइ चन्द्रचूड र एमआर शाहको बेन्चले यी दुई टावरको निर्माण गर्दा नियमको उल्लंघन भएकोले यी दुवै भवनलाई आगामी २ महिनाभित्र सुपरटेक कम्पनीले आफ्नै खर्चमा भत्काउन भनेको छ । अदालतले कम्पनीलाई ती २ भवनमा बस्ने फ्ल्याट मालिकहरुले फ्ल्याट किन्दा तिरेको पैसा १२ प्रतिशत ब्याजसहित फिर्ता गर्न भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *