अफगानिस्तानमा बेलायतलाई सहयोग गर्नेहरुका लागि ठूलो घोषणा

डिसी नेपाल
१६ भदौ २०७८ १२:०९

काठमाडौं। बेलायतको गृह मन्त्रालयले अफगानिस्तानमा बेलायती सेना वा बेलायत सरकारलाई सहयोग गरेका अफगानीहरुले स्थायी रुपमा बेलायतमा बस्न पाउने घोषणा गरेको छ । यसअघि ५ वर्षसम्म बेलायतमा बस्न पाउने प्रस्ताव गरिएको थियो तर अब त्यसलाई बढाएर अनिश्चितकालका लागि बेलायतमा बस्न पाइने बनाइएको बीबीसीले जनाएको छ ।

बेलायतले १३ अगष्टदेखि अफगान पुनर्वास तथा सहायता नीति अन्तर्गत योग्य ८ हजारभन्दा धेरै मानिसहरुलाई अफगानिस्तानबाट एयरलिफ्ट गरेको छ । तर, लेबर पार्टीले कैयौं अफगान नागरिकहरुलाई अधिक सहयोगको आवश्यकता भएको बताएको छ किनकि अफगानिस्तानबाट बाहिर निस्किएपछि पनि उनीहरुको ज्यान खतरामा छ । बेलायती सैनिकले गत हप्ता अफगानिस्तान छोडेका थिए । यससँगै अफगानिस्तानमा बेलायतको २० वर्षको सैन्य भागीदारी समाप्त भएको छ ।

विदेश सचिव डोमिनिक रबले अफगानिस्तानमा भएका कति मानिसहरु बेलायत बस्न पाउने योग्यताका छन् भन्ने कुराको कुनै सटिक तथ्यांक अहिल्यै दिन नसकिने बताए । अपरेशन वार्म वेलकम नामक आफ्नो योजनाको विवरण दिँदै गृह कार्यालयले बेलायतबाट आउने अफगान नागरिकहरुलाई आफ्नो जीवन नयाँ तरिकाले सुरु गर्न सहयोग होस् भन्ने सुनिश्चित गर्न चाहेको बताएको छ ।

अफगान रिलोकेशन एण्ड असिस्टेन्स पोलिसी स्थानीय रुपले कार्यरत पूर्व कर्मचारीहरु र उनीहरुको परिवारको लागि हो । यी ती मानिसहरु हुन् जसलाई तालिबानबाट खतरा हुन सक्छ । प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो एक सम्बोधनमा अफगानिस्तानमा सशस्त्र बलसँग काम गर्नेहरुको बेलायतमाथि ठूलो ऋण भएको बताएका थिए । उनले भने ‘म यो कुरालाई लिएर दृढ संकल्पित छु कि हामी उनीहरु र उनका परिवारलाई बेलायतमा आफ्नो जीवनको पुनर्निर्माणको लागि जरुरी समर्थन दिनेछौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *