अमेरिकी सेनाको हेलिकप्टर समुद्रमा दुर्घटना

डिसी नेपाल
१६ भदौ २०७८ १५:१२

काठमाडौं । अमेरिकी नेवीको एक हेलिकप्टर समुद्रमा दुर्घटना भएको छ । अमेरिकी नेवीले एक बयान जारी गर्दै यसको जानकारी दिएको छ । हेलिकप्टर स्थानीय समयअनुसार मंगलबार बेलुकी ५ बजे अमेरिकाको सान डिएको कोस्टमा दुर्घटना भएको छ । दुर्घटनापछि खोजी तथा उद्धार कार्य जारी छ ।

अमेरिकी नेवीका अनुसार एमएच–६० एस हेलिकप्टर सान डिएगो समुद्र किनारबाट करिब ११० किलोमिटर टाढा समुद्रमा दुर्घटना भएको हो । सीएनएनका अनुसार दुर्घटनाग्रस्ट हेलिकप्टरमा सवार एक क्रु सदस्यको उद्धार गरिएको छ । अन्य ५ जना बेपत्ता छन् । उद्धार गरिएका क्रु सदस्यको अवस्थाबारे जानकारी दिइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *