तालिबान सरकारको घोषणा आज
काठमाडौं। तालिबानले अफगानिस्तानमा आफ्नो नयाँ सरकारको घोषणा आज बिहीबार गर्ने तयारी गरेको छ । बीबीसीका अनुसार तालिबानका बरिष्ठ नेता अहमदुल्लाह मुत्तकीले सामाजिक संजालमा काबुलको राष्ट्रपति भवनमा एक समारोहको आयोजनाको तयारी भइरहेको जानकारी दिएका छन् ।
तालिबानका एक बरिष्ठ अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै तालिबानका सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह अखुंदजादाको नेतृत्वमा एक शासकीय परिषद गठन हुन सक्ने र त्यसको प्रमुख राष्ट्रपति हुने बताएका थिए ।
मुल्ला हिब्तुल्लाह मुति तीन जना उपप्रमुख छन् । तालिबानका संस्थापक मुल्ला उमरका छोरा मौलवी याकूब, शक्तिशाली हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दीन हक्कानी र तालिबानका ४ संस्थापकहरुमध्येका एक मुल्ला अब्दुल गनी बरादर तालिबानका अहिलेका उपप्रमुखहरु हुन् ।
तालिबानले पछिल्लो पटक १९९६ देखि २००१ सम्म आफ्नो शासनकालमा यस्तै एक परिषदमार्फत शासन गरेको थियो । त्यो परिषद निर्वाचित भएको थिएन । त्यतिबेला तालिबानले अफगानिस्तानमा बर्बरतापूर्वक शरिया कानुन लागू गराएको थियो ।
२००१ मा अमेरिकी अगुवाइमा गठबन्धन सेनाले अफगानिस्तानमा आक्रमण गरेपछि तालिबान सत्ताबाट बाहिरिएको थियो र उसका अधिकांश नेताहरु निर्वासित हुनु परेको थियो । २० वर्षपछि तालिबानले फेरि अफगानिस्तानमा नियन्त्रण गरेको छ र उसका धेरैजसो नेता देश फर्किइसकेका छन् ।







डिसी नेपाल







Facebook Comment