उत्तर कोरियामा भोकमरीः अपहरण र चोरीको बिगबिगीले सर्वसाधरण आतंकित

डिसी नेपाल
१८ भदौ २०७८ ८:०७
856
Shares

प्योङयाङ । भोकमरीको चपेटामा परेको उत्तर कोरियामा बालबालिका अपहरण गरी ठूलो मात्रामा फिरौती रकम लिने गरेका विवरण सार्वजनिक भएका छन्। जीविकोपार्जनका लागि गरिबले धनीका सन्तान अपहरण गरेर फिरौती लिने गरेका हुन्।

पछिल्लो एक सातामा मात्र चार जना बच्चा अपहरित भएका छन्। गत साता उत्तरी प्योङयाङको सोङचोङ जिल्लामा खोला नजिकै खेलिरहेकी एक बालिका अपहरणमा परेकी थिइन्। उनलाई एक पुरुषले अपहरण गरी ठूलो फिरौरी रकम मागेको वासिंगटन पोस्टले जनाएको छ। पैसाको अभाबमा बालिका अपहरण गरेको अपहरणकारीले बताएका थिए। अपहरणकारीले पाँच लाख फिरौती मागेका थिए। त्यस्तै घटना याङडोक गाँउमा भएको थियो, जहाँ अपहरणकारीले एक १० वर्षीय बालकको अपहरण गरी ठूलो रकम मागेका थिए।

अहिले पनि उत्तर कोरियाका कतिपय क्षेत्रमा खाद्यन्न अभाब हुँदा मानिसहरु भोकमरीमा परेका छन्। भोकमरीका कारण चोरी डकैती, अपहरण जस्ता सामाजिक विकृतिका कारण उत्तरले थप चुनौती सामना गरेको छ।

सन् १९९० को दशकमा देखिएको खडेरीपछि भोकमरी हुँदा ३० लाख उत्तर कोरियालीले अकालमा ज्यान गुमाएका थिए। खडेरीका कारण त्यहाँको खाद्यन्न वितरण प्रणाली नै तहसनहस भएको थियो भने अन्य कम्युनिष्ट मुलुकहरुले पनि खाद्यन्न आपूर्ति रोकेका थिए।

उत्तरमाथि अन्तर्राष्ट्रिय समुदायले कडा प्रतिबन्ध लगाउँदै आएको छ । कोभिडको कारण देखाउँदै उसले सन् २०२० को जनवरीदेखि सीमाना बन्द गर्दा त्यहाँको ठूलो जनसंख्या खाद्यन्न, औषधी, इन्धनलगायत अन्य दैनिक उपभोग्यबाट बन्चित छन्। कोभिड महामारी फैलिएमा त्यहाँको स्वास्थ्य प्रणाली नै तहसनहस हुने अनुमानमा उत्तरले आफ्ना छिमेकीसँगको नाका बन्द गरेको थियो।

विज्ञहरुले उत्तरमा अहिलेसम्म कोभिड नदेखिएको भन्ने प्योङयाङको दाबीमा सत्यता नभएको बताउदै आएका छन्। अहिलेसम्म उत्तरमा कोभिड संक्रमित भेटिएका छैनन्। चीनबाट १३ सय ५२ किलोमिटर दूरी रहेको यस मुलुकमा बारम्बार तस्करी हुने गर्छ।

संसारबाट अलग रहेको उत्तरमा जुनसुकै बेला कोभिडको महामारी फैलिन सक्ने त्यहाँका नेता किम जोङ उनले अनुमान गरेका छन्। उत्तरले अहिलेसम्म आफ्ना नागरिकलाई कोरोनाबिरुद्ध खोप लगाउन अनुमति दिएको छैन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *