अफगान सत्ताको साँचो सम्हाल्दै तालिवान, ‘पर्ख र हेर’ को नीतिमा अन्तर्राष्ट्रिय समुदाय

डिसी नेपाल
१८ भदौ २०७८ ९:२०
428
Shares

काबुल । तीन साताअघि काबलु कब्जा गरेको तालिवानले नयाँ सरकार गठन गर्ने भएको छ। संभवत शुक्तबार साँझसम्म तालिवानले नयाँ सरकार गठन गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। महिलालगायत सिमान्तकृत समुदायको अधिकार रक्षा हुने गरी सरकार सञ्चालन गर्न तालिवानमाथि अन्तर्राष्ट्रिय दबाब छ।

शुक्रबारको प्रार्थनापछि नयाँ प्रशासनको घोषणा हुने तालिवानले जनाएको छ। पन्जशिर उपत्यकामा तालिवानबिरुद्ध विद्रोह भइरहेका बेला तालिवानले सत्ता सम्हाल्न लागेको हो। पश्चिमा मुलुक तालिवानबारे ‘पर्ख र हेर’ को नीतिमा छन्। टर्की कतारलगायत केही मुलुकले नयाँ नेतृत्वलाइ मान्यता दिने संकेत गरिसकेका छन्। चीनले यसअघि नै तालिवान शासनलाई ग्रिन सिग्नल देखाइसकेको छ।

यसैबीच, राष्ट्रसंघले अफगानिस्तामा मानवीय सहायताका उडान सञ्चालन गरेको जनाएको छ। उत्तरी अफगानिस्तानको मजर–आई–सरिफदेखि पाकिस्तानको राजधानी इस्लामावादसम्म उडान सञ्चालन गर्ने भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *