सूर्यविनायक नगरपालिका ८० जनालाई उद्यमी बनाउँदै
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्थानीयलाई साना उद्यमी बनाउने भएको छ। पालिकाले गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रम अन्तर्गत पालिकाका स्थानीयलाई साना उद्यमी बनाउन लागेको हो।
त्यसका लागि सूर्यविनायक- १० स्थित चित्तपोल वडा कार्यालयमा एक दिन वडास्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ। उपमेयर जुना बस्नेतका अनुसार सो वडाको ८० महिला, पिछडिएका समुदाय, दलित र जनजातिलाई कार्यक्रमबाट प्राथमिकतामा राखिने छ।
उनले उद्यमी बन्न चाहनेका लागि सात दिने तालिम दिइने जानकारी गराइन् । बस्नेतले तालिमबाट छनोट भएकालाई समूह बनाई तीन महिने थप तालिमसँगै व्यवसायी बनाउने बताइन्।
वडाअध्यक्ष शिवराम राउतका अनुसार त्यसका लागि पालिकाबाट दुई जना सहजकर्ता खटाइने छ । सहजकर्ता घरघरमा गई उद्यमी बन्न चाहनेको तथ्यांक संकलन गरिने छ। उनले स्थानीयको माग र आवश्यकताको आधारमा सिपको तालिम दिइने र आवश्यक सामग्रीसमेत पालिकामार्फत व्यवस्था गरिदिने उल्लेख गरे।
तालिममा सहभागि भएका स्थानीय अनिवार्य रुपमा उद्यमी बन्नुपर्ने सो कार्यक्रमको नीति रहेको बस्नेतले बताइन्।







डिसी नेपाल








Facebook Comment