रक्तदानलाई न्यूयोर्कबाट हैटीसम्म

डिसी नेपाल
२१ भदौ २०७८ ०:३२

‘रक्तदान गर्नु राम्रो हो’ धेरै जनाले भन्ने गर्छन् । तर एकदमै कमले मात्र रक्तदान गर्ने गरेका छन् । साइन्स अलर्टमा कार्ली क्यास्सेलाले ‘सन् २०१७ मा संसारभर करीब ३० करोड युनिट रगत चाहिनेमा २७ करोड युनिटमात्र आपूर्ति हुन सक्यो’ भनेर लेखेकी थिइन् ।

किन हो कुन्नि १ यस्ता समाचारहरुले मलाई बेचैन बनाउँछ । अनि म तुरुन्तै त्यस्ता रगत आबश्यक परेका ठाउँमा पुग्छु रक्तदान गर्छु । रक्तदानको लागि उत्प्रेरणा जगाउने प्रयत्न गर्छु । भन्नासाथ पृथ्वीको परसम्म गएर रक्तदान गर्न समय र साधन श्रोतका हिसाबले मलाई धेरै महँगो हुने गरेको छ । तर त्यस कार्यबाट त्यहाँका युवाहरुलाई रक्तदान गर्न प्रेरणा मिल्ने हुँदा म सन्तोष मान्दछु । भबिष्यमा ती युवाहरुले नियमितरुपमा रक्तदान गर्न सके भने धेरै जनाको जीवन बच्ने छ भन्ने मेरो आशा एवं विश्वास छ ।

यही भावनाले म यसपटक क्यारेवियन मुलुक हैटी पुगें । केही हप्ताअघि आएको विनासकारी भूकम्पमा परेर त्यहाँ सयौंको ज्यान गइसकेको छ र सयौं घाइते एवं अंगभंग हुने अवस्थामा पुगेका छन् । स्वाभाविकरुपमा प्राकृतिक विपत्तिलाई रोक्न नसकिए पनि त्यसको असरलाई कम गर्न सकिन्छ । र, पीडितहरुलाई सहयोग गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।

त्यसैले मैले सेप्टेम्बर ४, २०२१ का दिन हैटीको नेशनल ब्लड ट्रन्स्फुजन सेन्टर पुगेर त्यहाँका निर्देशक डा अन्स्ट नोएल, चेम्बर अफ कमर्सकी कार्यकारी निर्देशक मिस एरिका रोसेन्थल लगायत रक्तदाताहरु बीच रक्तदान गरेँ । यो मेरो २०० औ पटक रक्तदान थियो । ‘आफ्नो समय साधनश्रोत प्रयोग गरेर, तपाईं यहाँसम्म आएर रक्तदान गर्नुहुनेछ भन्नेमा हामीलाई विश्वास लागेको थिएन’ भन्दै डा।नोएलले ’रक्तदानको लागि तपाईं प्रतिबद्ध र राम्रो उत्प्रेरक हुनुहुँदो रहेछ’ भने ।

हैटीमा वार्षिक करीब ८० हजार युनिट रगत चाहिनेमा करीब ३० हजार युनिट जति मात्रै रगत संकलन हुँदो रहेछ । रक्तदाताहरुलाई संगठित गरेर रक्तदान अभियानमा सहभागी गराउने प्रायोजनको लागि मैले ५०० डलर पनि सहयोग गरेँ । हैटीमा केहीहप्ता अगाडि भुकम्पका कारण करीब १,७०० जनाको मृत्यु भएको थियो । ७००० जनाभन्दा बढी घाइते भएका छन ।

अब सेप्टेम्बरमा कङ्गो र अप्रिलमा जापानका युवाहरुलाई रक्तदान गर्न हौशला प्रदान गर्न एक एक दिनको लागि जाने योजनामा छु । यो एउटा विश्वब्यापी रक्तदान अभियान हो । सजिलो छैन । तर गर्न सक्छु भन्ने दृढ विश्वास छ । के तपाईंहरु पनि मलाईसाथ दिन सक्नुहुन्छ त ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *